यात्रामा ‘चट्ट रुमाल’

निर्माता केशव भट्टराइले निर्माण गरेको फिल्म ‘यात्रा’मा चट्ट रुमाल’ गीतलाई समावेश गरिएको छ । भट्टराईकै निर्माण रहेको फिल्म ‘आफ्नो मान्छे’मा समावेश गीतमा स्व, नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको नृत्य रहेको थियो ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म सम्राट शाक्यले निर्देशन गरेका हुन् । रीएरेन्ज गरिएको गीतमा धमेन्द्र सेवान र मेलिना राइको स्वर छ भने राजन इशानले संगीत संयोजन गरेका छन् गरेका छन् । गीतमा प्रविण सिंहको कोरियोग्राफी छ । गीतमा नायक सलिनमान बनियाँको साथमा नव–नायिका मल्लिका महत्त, नायक सलोन बस्नेत, जाहन्वी बस्नेत, रेअर राई र प्रेक्षा बज्रचार्यलाई फिचर गरिएको छ ।