फिल्म निर्माण गर्दै दिलिप रायमाझी, निर्देशनमा शिवहरी पौडेल

हास्य कलाकार तथा टेलिफिल्म निर्देशक शिवहरी पौडेलले फिल्म निर्देशन गर्न लागेको बताएका छन् । फिल्ममा कलाकार किरण केसी, दर्पण छायाँ नायक दिलिप रायमाझी र अन्य एकको लगानी रहने पौडेलले बताएका छन् । नाम फाइनल भैनसकेको फिल्मको निर्देशन समेत पौडेलले नै गर्ने छन् । फिल्म निर्देशनमा यो उनको पहिलो प्रयास रहने छ । हाल फिल्मको स्क्रिप्टको काम भैरहेको र स्क्रिप्ट समेत पौडेल कै रहने छ । पहिलो काम सफल भयो भने टेलिफिल्मका साथ साथै फिल्म निर्देशन गर्दै जाने उनले बाताए ।

फिल्मको बिषयबस्तु बलियो भएको र फिल्ममा जबर्जस्ति हासो नाघुसाइएको, कमेडी फिल्म समेत नरहेको उनले बाताएका छन् । फिल्म सत्यतामा आधारित रहेको बताइएको छ । फिल्मका कलाकार फाइनल नभए पनि नयाँ कलाकारलाई लिएर फिल्म गर्ने उनले जानकारी दिए । फिल्म आगामी वर्षको दशैँ तिहार आसपास प्रदर्शनमा ल्याउने तयारी रहेको छ ।