कागजपत्रको स्याड भर्सन गीत ‘तिमी जाने बाटो’

- मेराेफिल्म

फिल्म ‘कागज पत्र’को ‘तिमी जाने बाटो’ गीत सार्वजनिक भएको छ । अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत संगित सापकोटाको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।

नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक तथा लेखक अपिल बिष्टरहेको फिल्मको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।

२०७५ चैत ७ गते ८:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *