यश कुमार र बाबु बोगटीको दुरी बढाउने ‘सिउँदो’

करिव एक दशकअघि गायक तथा संगीतकार यश कुमारको शब्द तथा संगीतमा तयार भएको ‘सिउँदो’ रेकर्ड भएको झण्डै एक दशकपछि संगीतकार यश कुमारको अनुमित लिएर गायक एकदेव लिम्बुले उक्त गीत रि–रेकर्ड गरे । आफ्नो स्वरको गीत अर्कै गायकको स्वरमा रेकर्ड भएपछि कुनैबेलाका अति नजिकका दुई मित्र यश कुमार तथा बाबु बोगटीबीच केही महिनअघि मनमुटावमात्र नभइ विवाद नै सिर्जना भएको थियो । अन्त्यमा, गायक बोगटीले एकदेवको गीतलाई न्यू भर्सन तथा आफ्नो गीतलाई ओल्ड भर्सन भनिनु पर्ने माग राखेपछि उक्त विवाद साम्य भएको थियो । सोहीको गीतको नयां संस्करण गायक एकदेव लिम्बुको स्वरमा रेकर्ड भएको छ । नयां संस्करणको उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन् । रिकेश गुरुङको संगीत संयोजनमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोमा सोनिया जिआर, एकदेव लिम्बु तथा रुपेश राईले अभिनय गरेका छन् । सुप्रिम पराजुलीद्वारा सम्पादन गरिएको उक्त म्युजिक भिडियो निर्देशक मानन्धरले नै काठमाडौं वरपरका लोकेशनमा छायांकन गरेका हुन् ।