विशेष शोमा रुचाइयो ‘प्रेमलीला’

गत चैत्र ८ गते बाट प्रदर्शनमा आएको फिल्म प्रेम लीलाले सकारात्मक प्रतिकृया पाइरहेको छ । नायिका दीपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्काको मुख्य भूमिका रहेको फिल्ममा अन्तर्देशीय प्रेम कथा समेटिएको छ । फिल्म निर्माण टिमले आइतवार फिल्मको विशेष शोको आयोजना गरेको थियो। विशेष शोमा उपस्थित सम्पूर्णले फिल्म राम्रो बनेको र एक महिला भएर नायिका दीपशिखा खड्काले गरेको मेहनतको तारिफ गरेका थिए । फिल्म हेर्न सामाजिक अभियान्ता धुर्मुस सुन्तलीसंगै अन्य विभिन्न कलाकारहरु उपस्थित भएका थिए ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ । फिल्ममा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

तस्विर: राम सुन्दर पौड्याल