फ्राइडे रिलिज : साईली र शुभ लभ

फ्राइडे रिलिज अन्तर्गत आज हलमा २ नेपाली फिल्म ‘साइली’ र ‘शुभ लभ’ लागेका छन् । गरिवी अनि अभावको कथा बोल्छ साइलीले भने शुभ लभ एक ज्योतिषीको कथा हो । भिन्न दुई बिषयमा बनेका यी फिल्मले कस्तो ब्यापार गर्लान यो भने हेर्न बाकी छ ।

गायक हेमन्त राना र नायक गौरव पहारि मिलेर निर्माण गरेको फिल्म साइलीको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन् । फिल्ममा मुख्य चार कलाकार गौरव पहाडी, मेनुका प्रधान दयाहांग राई र केनिपा सिंहको साथमा माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । फिल्ममा हेमन्त राना, विशाल गुरुङ, अर्जुन पोखरेल, मोहन थापाको लगानी रहेको छ ।

लभ स्टोरी फिल्म ‘शुभ लभ’ मा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ । फिल्म निर्देशन सन्तोष बाबु लोहनीले गरेका हुन् ।