फ्लोरमा ‘द डार्क एण्ड लाइट’

खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘द डार्क एण्ड लाइट’ को शुभमुहुर्त सम्पन्न भएको छ । पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा क्यामरा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । शुभमुहुर्तमा फिल्मका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरे ।

फिल्ममा राजु अर्याल मुख्य निर्देशकको रुपमा रहने छन् भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले पनि निर्देशनमा सहयोग गर्नेछन् । फिल्मकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले फिल्मको प्रोमोशनल गीत गाएका थिए ।

फिल्मका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो फिल्म कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे । फिल्ममा पिटर खालिङ र सरस्वती लामा सहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि को अभिनय रहने छ । फिल्ममा कुमार महर्जनको द्वन्द्व रहने छ भने सविन भट्टराईले यो फिल्म छायांकन गर्नेछन् । फिल्मका गीतमा प्रताप दास तथा मेलिना राईको समेत पाश्र्व गायन रहने बताइएको छ । फिल्मको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।