‘ए मेरो हजुर ३’ को नयाँ गीत सार्वजनिक

फिल्म ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चैट डे’ बोलको गीतमा सुहाना केहि बोल्ड अबतारमा दिखिएकी छिन् ।   गीतमा स्वर प्रविशआ अधिकारीको रहेको  छ भने शब्द संगीत प्रतिक पौडेलको छ।
सुनिलकुमार थापाले निर्माण गरेको फिल्म मा  झरना थापाको निर्देशन रहेको छ । चैत्र २९ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल सुहाना संगै सलोन बस्नेत, सरोज खनाल, रक्षा गौतम, अर्पण थापा रुपा घिसिङ लगायत लिड रोलमा छन् ।