सम्पादनको अन्तिम चरणमा ‘सत्यम शिवम सुन्दरम’

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘सत्यम शिवम सुन्दरम’ को सम्पादन अन्तिम चरणमा पुगेको छ । फिल्ममा देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐर को छायांकन, बिपिन कटुवालको शृङार रहेको छ ।

फिल्ममा सन्तोष प्रगाढ र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा,  सन्तोष प्रगाढ , इन्दिरा जोशी र प्रबिशा अधिकारी को आवाज अनि शंकर अधिकारी घायलको गीतर लेखन तथा निर्देशन रहेको छ । फिल्ममा राजन महर्जन ,बिमला गिरी,धनराज सुब्बा ,अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्ण कुमार घलान,गितान्जली सुवेदी,आर जे भिलेन,ज्ञानेन्द्र चेम्जोङ को अभिनय मा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय गरेका छन् । फिल्म आगामी हरितालिका तिजमा रिलिज गरिने भएको छ ।