संगीतकार गायक कमल क्षेत्रीको निधन

- मेराेफिल्म

अग्रज संगीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भएको छ । शास्त्रीय संगीतमा निपूर्ण ज्ञान हासिल गरेका संगीतविज्ञ क्षेत्री लामो समयदेखि विरामी अवस्थामा थिए । उनको गए राति १२ बजे निधन भएको हो । उनको शास्त्रीय रागहरूको बारेमा लेखिएको पुस्तक ‘रागहरुको साँचो’ सार्वजनिक छ । २०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका उनको संगीतमा तयार भएका धेरै गीति नाटक नाचघरमा रहेका छन् जुन प्रदर्शनको क्रममा समेत रहेका छन् ।

क्षेत्रीले ‘मुनामदन’ मा सहायक संगीत निर्देशन र स्वर समेत प्रदान गरेका थिए । शिव ताण्डव नृत्य नाटिकासमेत संगीत गरेका उनको स्वरमा रहेको गीत ‘माया कसले नेप्टीलाई लाइटर’ चर्चित गीत हो । यसका साथै गगनभरिको ताराको टिलपिल टिपेर, सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे लगायत गीतमा उनले संगीत भरेका थिए ।

२०७५ चैत २६ गते १५:४२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *