अब फोपीमा हेर्नुहोस् ‘नाइँ नभन्नु ल ५’

फिल्म ‘नाइँ नभन्नु ल ५’ अब फोपी एपमा हेर्न सकिने भएको छ । नेपाली फिल्म प्रसारणलाई टेवा दिने उदेश्यले नेपाली युवाहरुले नै बनाएको एपमा धेरै फिल्म राखिएको छ ।

एप फोपी बैशाख ७ गतेबाट भने एनसेलका प्रयोगकर्ताहरुले समेत प्रयोग गर्न सक्ने भएका छन् । यसरी एनसेलले नेपाली फिल्म प्रवर्द्धनलाई समेत ध्यानमा राखी नयाँ प्रबिधी मार्फत नेपाली फिल्म हरेक नेपालीको हातमा पुर्याउनु संकल्प लिएको छ । हलमा गएर फिल्म हेर्न नभ्याउने दुरदराजको गाउँ होस वा बेफुर्सदी सहरिया जो कसैले अब सहजै आफ्नै मोबाइलको एनसेल ब्यालेन्स प्रयोग गरेर यो एपबाट नयाँ नयाँ फिल्म हेर्न सक्ने छन् ।