‘गोली शिशाको’ रिमेकमा रमित ढुंगाना

अहिले नेपाली फिल्ममा गीत रिमेक गर्ने चलन बढिरहेको छ । यसै क्रममा राजेश हमाल, दीपाश्री निरौला र विपना थापाले नृत्य गरेको फिल्म ‘गाउँले’को गीत ‘गोली शिशाको’ बोलको रिमेक हुने भएको हो।

रमित ढुंगानाको मुख्य भूमिका रहने फिल्म ‘राजा साहेब’मा टिका भण्डारीको संगीत रहेको थियो अब ओम सुनारले रिमेक गर्दैछन् । पुरानो गीतमा उमेश पाण्डे र रमला श्रेष्ठले स्वर दिएका थिए भने रिमेक गीतमा ओम र इन्दिरा जोशीले स्वर दिनेछन् ।  भिडियोलाई रामजी लामिछानेले करियोग्राफी गर्नेछन् भने ढुंगानाको साथमा २ नायिकाले गीतमा नृत्य गर्नेछन् । विचल राईको निर्देशनमा बन्न लागेको ‘राजा साहेब’मा सरु राईको लगानी छ ।