रामकृष्णको ‘विश्वास’ मा केकी

रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीत सार्वजनिक भएको छ । डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ । विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका हुन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ । सम्पादन निज्मा केसी ले नै गरेका छन् ।