साम्राज्ञी र सुहानाको तुलनामा चिप्लिए भूवन

अभिनेता भूवन केसीलाई अभिनेता अनमोल केसीले खेलेका फिल्मको र अभिनेत्रीको प्रशंसा गर्न कसले सक्छ र ! भूवन केसीको बोलीमा चतुरता हुन्छ ।

अभिनेता केसीले ए मेरो हजुर ३ हेरेपछि अभिनेत्री सुहाना थापाको प्रशंसा गरेका छन् । प्रशंसा पनि उनले यसरी गरे कि अरु अभिनेत्रीलाई उनले घुमाएर आलोचना गरे ।

ड्रिम्स फिल्म खेलेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई फिल्मको छायांकनमा मत्तलब नगरेको भनेर आलोचना गरेकी थिइन् । भूवन केसीलाई साम्राज्ञीसँग त्यो इगो त छ ।

अभिनेता केसीले ए मेरो हजुर ३ हेरेपछि सुहाना र साम्राज्ञीको तुलना गर्न पत्रकारले आग्रह गर्दा सिधै त भनेका छैनन् । उनले साम्राज्ञी ड्यासिङ पर्सनालिटी भएकी अभिनेत्री भनेका छन् ।

उनले तुलना गर्न नमिल्ने भन्दा भन्दै बोली खुस्काएका छन् । भूवनले अभिनय र इमोशनको हिसाबमा साम्राज्ञीको भन्दा पनि सुहानाको अभिनय राम्रो भनेर बोले ।

उनले साम्राज्ञीलाई ड्यासिङ भूमिकामा मात्र राम्रो भन्न खोजेका हुन् कि ? तर, उनले सुहानालाई साम्राज्ञी भन्दा राम्रो भनेका छन् । भन्दा भन्दै भूवनले बोली चिप्ल्याए । तर, उनको यो बोली चिप्लिएको भन्दा पनि साम्राज्ञीप्रतिको इगो होला । किनकी, साम्राज्ञीले भूवन केसीको मन दुखाएकी छिन् ।