‘राता मकै’ गेट निर्माण

अभिनेता किरण केसीको उपनाम ‘राता मकै’ को नाममा प्रवेशद्वार निर्माण भएको छ । किरण आफैले निर्माण गरेको  रात मकै गेटलाइ आइतवार विहान ललितपुर स्थित लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै ललितपुरको इमाडोलमा रहेको रातामकै चोक स्थित रातामकै गेटलाई मेयर श्रेष्ठले उदाहरनिय काम गरेको बताए ।

यस अघि किरणले मन्दिर, सडक, क्रिया भवन, आम बुवाको नाममा महेन्द्र आदर्स स्कुलको दुइ भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन् । उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए । झन्डै १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए । ’यहाँ मैले विभिन्न स्थानमा आफुले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु त्यसैले पनि यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हु’ उनले भने ’यहाँ राज्यले नै रातामकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो ।’

उनले झकरिव ६ लाखको लागतमा बुवा दुर्गा बहादुर केसी र आम इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए । ’म भित्र समाजसेवी भाव मेरो हजुरमुवाबाट आएको हो त्यसैले सकेको गर्न कहिले पछि हट्दिन’ किरणले आउँदा दिनमा पनि आफु समाजसेवामा सक्रिय रहने बताए ।