अनुहार मिल्दैमा बिरालो बाघ हुदैन ‘कप्स’ ट्रेलर

आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्) को ट्रेलर रिलिज गरिएको छ । फिल्ममा अनुप विक्रम शाही प्रहरी अफिसरको भूमिकामा छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । फिल्म राम शाक्यले निर्माण गरेका हुन् ।