‘गेम अफ थ्रोन्स’ मा नेपाली कलाकार

‘गेम अफ थ्रोन्स’ टेलिभिजनमा प्रसारण भइरहेको यस्तो टेलिशृंखला हो, जुन सामाजिक सञ्जालमा सबभन्दा बढी चर्चामा रहेको छ  । यसकोअफिसियल  फेसबुक पेजमा २ करोड ३१ लाख ९६ हजार र ट्वीटरमा ९८ लाख ८० हजार बढी फलोअर्स छन्  ।

गेम अफ थ्रोन्समा नेपाली कलाकार पनि छन् । दोस्रो संस्करणसम्म दोथ्राकी ह्यान्डमेडन इरीको भूमिका अमृता आचार्यले अभिनय गरेकी थिइन् । उक्त भागपछि शृंखलामा इरीको मृत्यु भएको थियो । युक्रेनियन आमा र नेपाली बाबुकी सन्तान अमृता सात वर्षको उमेरमा नै युक्रेन पुगेकी थिइन् । यसै वर्षको सुरुमा नेपाल आएकी अमृताले चाँडै पात्रको अन्त्य हुने शृंखलामा दोस्रो भागसम्म टिक्न पाएकामा निकै भाग्यमानी भएको बताइन् ।