रवि लामिछाने सहभागी भएको ‘को बन्छ करोडपति’ शोमा विवाद

एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘को बन्छ करोडपति’ मा चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफु सहभागी हुने भनेर सामाजिक संजाल मार्फत जानकारी गराए । उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको समेत जानकारी दिए ।

उनले स्ट्याटसमार्फत नै कार्यक्रममा सहभागि हुन चाहनेले कमेन्ट गर्नुहोस भन्दै सहभागिताका लागि उद्ह्घोस समेत गरे । सोहि अनुसार छानिएका २०० जना कार्यक्रममा सहभागी हुन कार्यक्रम स्थल तोकिएको समयमा पुगे । तर भनिएको जसरी न त कार्यक्रम पुर्व घोषित समयमा सुरु भयो न सबै सहभागीले समयमा कार्यक्रम स्थलमा प्रवेश पाए । लामो प्रतिक्षापछी २० जनालाई सहभागिताका लागि प्रवेश गराईयो भने अन्यलाइ प्रतिक्षा गर्न भनियो ।  ४ बजेबाट प्रतिक्षा गरिरहेका उनीहरु ८ बजे सम्म पानीमा रुझ्दै कुरिरहे ।

अन्यायको बिरुद्ध आवाज उठाउने रवी लामिछाने उपस्थित कार्यक्रममा नै बोलाएर बेवारिसे बनाएको, आफु माथि अन्याय भनेको उपस्थितको गुनासो थियो । मोबाइल फोन समेत आफुसंग नभएको र घरपरिवारसंग सम्पर्क गर्न नसकेकोमा आयोजक प्रति उनीहरुको असन्तुस्टी रहेको थियो । आफै बोलाएर अलपत्र पारेको भन्दै उनीहरु आक्रोसित भएका थिए । केहि समय पछि रवि लामिछाने आएर केहि समय प्रतीक्षा गर्न भनेपछि सहभागी शान्त भएका थिए ।