फिल्म ‘सत्यम शिवम् सुन्दरम’ को दोश्रो गीत सार्वजनिक

फिल्म ‘सत्यम शिवम सुन्दर’ मको दोश्रो गीत ‘पारौन झ्याइकुटि यसैपाली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ । आगामी हरितालिका तिजबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीतमा शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन् । गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ ।

फिल्ममा मुख्य  भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ । देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृङार तथा फिल्मलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।