“आमा” बनाउँदै दीपेन्द्र के खनाल

पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के खनालले आमा शीर्षकमा फिल्म बनाउने भएका छन् । मंगलबार उनले औपचारिक रुपमा फिल्मको घोषणा गर्दैछन् । फिल्मको शीर्ष भूमिका सूर्यमाला खनालले निर्वाह गर्नेछिन् । सुन्तलीबाट रजतपटमा कमव्याक गरेकी खनाल पछिल्लो समय अनमोल केसी अभिनित क्याप्टेनमा उनकै आमाको भूमिकामा देखिएकी थिइन् ।
फिल्मको स्क्रिप्टको काम सकिएको छ भने फिल्मकै अन्य कामका लागि काठमान्डौ बाहिर २ हप्ता समय बिताएर निर्देशक खनाल हालसालै काठमाडौं फर्किएका छन् । यसअघि आमा नाममै दुई फिल्म बनिसकेका छन् । नेपालकै पहिलो फिल्म मानिने आमाको निर्देशन हिरासिंह खत्रीले गरेका थिए भने उद्धव पौडेलले निर्माण गरेको दोस्रो आमाको निर्देशन रेसराज आचार्यले गरेका थिए । यो फिल्मको पुरानो ‘आमा’ फिल्मसंग भने कुनै सम्बन्ध नरहेको समेत जानकारी प्राप्त भएको छ । फिल्ममा हरर फिल्म ‘घर’ निर्माता मध्ये केहीको लगानी रहने छ भने अन्य कलाकार र निर्माण टिमको जानकारी फिल्म अनाउन्समेन्ट कार्यक्रममा जानकारी दिईने छ ।
राजेश हमाल अभिनित ‘द युग देखि युगसम्म’ मार्फत फिल्म निर्देशनमा हात हालेका उनले धर्मा, चपली हाइट, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट लगायत फिल्म निर्देशन गरेका छन् । फिल्म ‘भिजिलान्ते उनले नेपालमा बनेको पहिलो पहिलो थ्रीडी फिल्म थियो ।