सिक्वेल घातककी कि सजिलो ब्याज ?

सायदको सिक्वेल सायद २ बनाएर असफल भएपछि अमेरिका पुगेका छन् निर्माता सुनिल रावल । तर, फिल्म बनाउने हुटहुटीलाई उनलाई छाडेको छैन । सुनिल रावलले होस्टेल, होस्टेल रिटन्र्सपछि होस्टेल ब्याक एगेन बनाउन लागेका छन् ।

सुनिलले गोविन्द शाहीसँग फिल्ममा निर्माण सहकार्य गर्न लागेका छन् । नेपाली फिल्मलाई सिक्वेलले गाँजेको छ ।

जात्रा फिल्म बनाएर जात्रै जात्रा बनाएका निर्देशक प्रदिप भट्टराइलाई अघिल्लो फिल्म जस्तै नबन्ला, दर्शकले अपेक्षा नपाउलान् भन्ने पिर छ । कलाकार दयाहाङ राई कुनै पनि फिल्मको सिक्वेल बन्नु भनेको फिल्म बनाउँने निर्माताले घातक निर्णय गर्नु हो भनेर जवाफ दिएका छन् ।

दयाहाङले फिल्मको सिक्वेल बनाउनुलाई घातक किन भने ? फिल्मले पहिलेको जस्तो आशा पुरा नगर्न पनि सक्छ । पहिलो फिल्ममा बनेको नाम, दाम, इज्जत गुम्न पनि सक्छ । सिक्वेल बनाउँदा यो कुरा ध्यान दिन पर्छ ।

फिल्मको सिक्वेल घातक पनि हुनसक्छ । तर, नेपाली फिल्म बनाउनेहरुले ब्याजको रुपमा हेरेका छन् । सजिलोसँग नाम प्रयोग गरेर त्यसको ब्याज खाने काम भनेर सिक्वेललाई वुझाइएको छ ।

वि.सं २०७५ सालमा चलेका सबै फिल्म सिक्वेल हुन् । सिक्वेल त भन्न मिल्दैन होला । पहिलोसँग दोश्रोको कनेक्शन भएमा सिक्वेल, नत्र नामको मात्र प्रयोग । नाई नभन्नु ल ५, छक्का पन्जा ३, ए मेरो हजुर ३ सबै ब्याज मात्र खाएका सिक्वेलका भाषा हुन् । यी सबै फिल्मको कुनै पनि सिक्वेलसँग सम्बन्ध छैन ।

यो बर्ष बन्न लागेका फिल्म पनि सिक्वेलको पछि पछि छन् । जात्रै जात्रा, विर विक्रम २, होस्टेल ब्याक एगेन, ए मेरो हजुर ४, प्रेमगीत ३,खलनायक २ सबै सिक्वेल हुन् । तर, नाम मात्रका ।

नेपाली फिल्मले सिक्वेलको इज्जत जोगाउन पाएका छैनन् । सिक्वेलको इज्जत जोगाउन नसक्दा धेरै फिल्म घातक बनेका छन् । कुनैले मात्र रकम पाएका छन् । सिक्वेलको नामको ब्याज सबैले खान पाएका छैनन् ।

फिल्म बनाउन जानेको खण्डमा सिक्वेल राम्रो ब्याज खाने नाम हो । बनाउन नजाने घातक हो ।