कान्समा प्रियंका पहिलो हिरोइन

कान्स फेस्टिभलमा प्रियंका कार्की नेपाली कलाकारको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागी हुन गैरहेकी छन् । विश्व भरका सेलिवेटीहरुको सहभागिता रहने फेस्टिभल फ्रान्समा भैरहेको छ ।

मे २० देखि २५ सम्मको कार्यक्रममा नेपाली नायिका प्रियंकाको सहभागिता रहने छ । नेपाली संस्कृती झल्किने पहिरन देखि आधुनिक पहिरनसम्म सजिएर सहभागी हुने उनको तयारि रहेको छ। सामाजिक संजालमा स्ट्याटस पोस्ट गर्दै कार्कीले खुसि ब्यक्त गरेकी छन्।

फेस्टिभलमा भारतीय अभिनेत्री प्रियंका चोपडा, दीपिका पादुकोण तथा हलिउड अभिनेत्री सेलेना गोमेजले रेडकार्पेटमा पर्फेर्मेंस गरिसकेका छन् ।फेस्टिभल मे १४ मे २५ सम्म चल्नेछ ।