‘रातो टिका निधारमा’ निर्माण घोषणा

फिल्म ‘रातो टिका निधारमा’ निर्माण घोषणा भएको छ । निर्देशक तथा निर्माता अशोक शर्माले सोहि फिल्ममार्फत आफ्ना छोरालाई डेब्यु गराउदै छन् ।

फिल्ममा नीता ढुंगाना, साम्राज्ञी आरएल शाह, खुस्बु खड्का, अंकित शर्मा, बसुन्धरा भुसाल, रविन्द्र झा लगायतको अभिनय रहने छ । अशोक शर्माकै निर्माण तथा निर्देशन रहेको अगिल्लो बर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’को रिलिजसँगै निर्माण यूनिटले आगामी वर्ष ०७६ को दशैँमा रिलिज गर्ने घोषणा गरेको थियो ।  फिल्म जेठ १०गतेबाट छायांकनमा जाँदैछ ।