फिल्म ‘पायल’ निर्माण घोषणा

- मेराेफिल्म

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा फिल्म ‘पायल’ निर्माण हुने भएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन केही दिनपछि सुरु हुँदैछ ।

फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका विरुद्धमा आवाज उठाउनेछ । फिल्ममा नरेन्द्र सेन्दाङ, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खान आदिको अभिनय रहनेछ ।

फिल्ममा विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहनेछ । फिल्मको कार्यकारी निर्मातामा बसन्त थेबे छन् भने सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपी दाहाल छन् । फिल्मकी निर्मात्री कविता राई लिङ्देन हुन् ।

२०७६ जेठ १३ गते १२:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *