नम्रताको आइटम, खल्लो खल्लो

नम्रता सापकोटा फिल्ममा चलेकी छैनन् । समर लभ फिल्ममा सह हिरोइन भएर काम गर्दा नम्रताले अवार्ड पाइन् । तर, यसले मात्र उनलाई फिल्ममा हिट छु भनेर भन्न दिदैन ।

नम्रतार्लाइ फिल्मको आइटममा बढी देख्न थालिएको छ । न यता न उता फिल्मको गीतको आइटममा पनि उनी नाचेकी छिन् । शकुन्तला भन्ने फिलममा पनि उनी नाचेकी छिन् । हिरोइन भएर उनी नाचेकी होइनन्, आइटम गर्ल भएर नाचेकी छिन् ।

आइटम हेर्दा नम्रताको नृत्य खल्लो लाग्छ । नम्रताले आइटममा फिलिङ्स ल्याउन सकेकी छैनन् । नम्रताले आइटममा तड्का दिन नसक्या कि कोरियोग्राफरले नै नचाउन नजान्या हुन् ।

शकुन्तलामा उनले आइटम गर्दा पनि मन पराएनन् दर्शकले । आइटम गर्दैमा चलिदैन । आइटममा तड्का चाहिन्छ तड्का । यो तड्का भएन भने भड्किलो कपडामा भने सुन्दरता भेटिदैन ।

आइटममा गीत पनि चाहिन्छ । गीत भएन भने आइटमको अर्थ हुँदैन । नम्रताले आइटम मात्र गरेर भएन, यी सबथोक रोज्न जान्न पर्यो नी हो ।