‘छोटो छोटो’ मा समिर र सोनीका

बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो‘’ सार्बजनिक भएको छ ।गीतमा गायक राना र सोनु श्रेष्ठको आवाज रहेको छ । गीतको लय, शब्द बेग रानाकै रहेको छ । भिडियोमा मोडल समिर खान र सोनीका कार्कीको अभिनय देख्न सकिन्छ । निशान एस केको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरीको रहेको छ । भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।