मण्डलामा सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेशा’

बिजया कार्की निर्देशित नाटक ‘क्लेशा’ आज जेष्ठ १७बाट मण्डला थिएटरमा मन्चन हुदैछ । यहि नाटकबाट रंगमन्च प्रवेश गर्दै छिन कलाकार सुरक्षा पन्त ।

राम, सीता र रावणको सम्बन्ध र संघर्षलाइ नाटकमा उतारिएको क्लेसा गार्मिक पुस्तक रामायणको रिटेलिंग हो । सुरक्षाका अनुसार नाटकले ४० बर्ष अगाडीको नेपालको तराई भूभाग र परिस्थितिमा पुर्याउछ । शाब्दिक रुपमा हेर्दा ‘क्लेशा’ ले यात्रामा आउने दुखा अवरोधलाई जनाउछ । निर्देशक बिजयाले नाटकको प्रोमो समेत निर्माण गरेकी छन्, जुन नाटकको क्षेत्रमा नयाँ प्रयोग हो ।

नाटकमा सुरक्षासँगै कुशल पाण्डे, प्रतीक मरहट्टा, सुदीप खतिवडा, रुजु शर्मालगायत को अभिनय रहने च्छ  । असार ८ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ । शनिबार १ र साढे ५ बजे पनि हुनेछ ।