काउली बुढीको ‘बादल’ सार्वजनिक

गौत्तम शेर्पाको लोकदोहोरी ‘ बादल’ सार्वजनिक भएको छ । गीतमा सन्ध्या बुढा ‘काउली बुढी’ र गायक शेर्पाको आवाज रहेको छ । गौत्तम शेर्पाको शब्द तथा जय देवकोटाको लय सिर्जना गीतमा रहेको छ । तिलक रिजाल र दिपक गिरीको छायाँकन तथा अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको छ । भिडियोमा बुद्धविर थापा र उषा सुवेदीको अभिनय रहेको छ  ।