परमिताको ‘क्विन’ सार्वजनिक

परमिता आर एल राणाको स्वरमा रहेको गीत ‘क्विन’ सार्वजनिक भएको छ । गीतमा पिरोको शब्द तथा संगीत छ । नेपाली र अंग्रेजी शब्दमा परमिताले गाएको यो गीतले आम महिलाहरुलाई प्रतिनिधित्व गरेको छ । सिकेको सम्पादन र निर्देशन रहेको यो गीतको भिडियो आकर्षक रहेको छ । भिडियोमा परमिता आफैले मोडलिङ गरेकी छिन् । उनको साथमा इन्ता चाम्लिङ, दिक्षा चौधरी, स्टार तामाङ, सुस्मिता लामाको नृत्य हेर्न सकिन्छ । महिलाहरुलाई उत्प्रेरणा दिन यो गीतले मद्दत गर्ने उनको विश्वास छ ।