नयाँ फिल्मका लागि दारी र कपाल पाल्दै बिपिन

कलाकार बिपिन कार्कीको फिल्म ‘सेल्फी किंग’ आज बाट प्रदर्शनमा आएको छ । उनले यो फिल्ममा एक हास्यकलाकारको भूमिका निभाएका छन् । प्रत्येक फिल्ममा भिन्न अभिनय गर्ने मात्रै नभएर उनी आफुलाइ चरित्मार ढाल्न बाहिरी आवरण र स्वर समेत परिवर्तन गर्दै आएका छन् । लुट देखि, छड्के, पशुपति प्रसाद हुदै प्रसाद देखि सेल्फी किंग सम्म पनि उनी कहिँ कतै बिपिन देखिएका छैनन् ।

उनको आगामी फिल्म ‘के घर के डेरा’ का लागि समेत उनले पात्रलाई रियल बनाउने प्रयास थालेका छन् । आगामी फिल्मकै लागि उनले आफ्नो कपाल र दारी बढाएका छन् । यो कुरा उनले एक अन्तर्वार्ताको क्रममा बताएका हुन् । सुब्रतराज आचार्यको निर्देशनमा बन्ने फिल्मका लागि उनको मेहेनत पक्कै दर्शकले मन पराउने नै हुन्छ । अघिल्ला फिल्महरुमा झैँ उनको यो फिल्ममा पनि दर्शकले फरक रुप देख्ने अपेक्षा गर्न सकिन्छ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा विपिन कार्की, दयाहाङ राई, र वर्षा राउतले मुख्य भूमिकामा अभिनय गर्नेछन् । डेरामा बस्नेहरुको समस्या, आफ्नै घर बनाउने चाहना र त्यहि क्रममा आउने बिबिध समस्याहरुको कथा फिल्ममा देख्न सकिने बताइएको छ । सिंगे लामा कार्यकारी निर्माता रहेको फिल्मलाइ राजिव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्न लागेका हुन् । फिल्मको पटकथा सफल के.सी. र प्रतीक गुरुङले लेखेका हुन् । सुब्रतराज आचार्यले यसअघि ‘अधकट्टी ’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए ।