पुरुष यौनकर्मीको कथामा पुडासैनीको गीत ‘आज फुर्सद छैन माया’

समाजमा पुरुष यौनकर्मी बढ्दै गएको विभिन्न संस्थाको तथ्यांकले बताउछ । प्रहरी यस किसिमको समस्याको बिषयमा कसैले उजुरी नगरेकोले खासै ठुलो समस्या भन्दै पन्छिन्छ । तर धनाड्य एकल महिला, श्रीमानबाट असन्तुस्ट महिला, विदेशमा श्रीमान भएका तथा श्रीमानसंग छुटिएर बस्ने महिलाले आफुहरुलाई नियमित ग्राहक बनाउने गरेको पुरुष योनकर्मी बताउछन् । महिला यौनकर्मीको तुलनामा उनीहरुको कमाइ समेत राम्रो रहेको कारण यसलाई नै आफ्नो पेशा बनाउने पुरुषको संख्या बढ्दै गएको पनि छ ।

यहिबीच कन्चन पुडासैनीले लेखेको एक गीत सार्वजनिक भएको छ । ‘आज फुर्सद छैन माया’ बोलको गीतमा पुरुष यौनकर्मीको कथा समेटिएको हो झैँ अनुभव हुन्छ ।  खुलेर नै नभने पनि यहि समूहको भावना तर्फ रचनाकारले इंगित गरेका झैँ भान हुन्छ । उनको गीतमा आफुलाई आज फुर्सद नभएकोले महिला पात्रको इच्छा भोली राति पुरा गर्ने बताइएको छ ।

भिडियोको सुरुवातमा नै उक्त महिलाले दारी मिलाउदै गरेका युवालाई ऐना प्रयोग गरि जिस्क्यौदै छिन् । पहिलो सिनबाट नै महिलाले उक्त युवालाइ ‘यौन’ प्रस्ताव राख्न खोजे झैँ लाग्छ । किनकी त्यहाँ यी दुईलाइ कुनै प्रेमिल जोडी भन्दा थोरै फरक देखाइएको छ । आज फुर्सद नभएको कारण ‘तिम्रो’ इच्छा राख थाति भन्दै गर्दा इच्छा एकतर्फी देखिन्छ । छोडेर जान लाग्दा उनले तानेर आफ्नो नजिक लाग्छिन् । त्यसको जवाफ ‘जो गरेनौ आज सम्म त्यो गरौला भोली राती’ भन्दै गर्दा बिना कुनै इच्छा नाजिकिनै पर्ने बाध्यताले पुरुष पात्रलाई दबाएको झैँ लाग्छ ।

‘लेख्छ कोही, पढ्छ कोहि राजनीति गर्छ कोहि, गीत गाउदै हिड्छ कोही, हिउचुलीमा चड्छ कोही । यहा प्रयोग भएको शब्द ‘हिमचुलीमा चड्नु’ को अर्थ फ्रायडको शिद्धान्त हेर्ने हो भने यौनिकतासंग नजिक छ । यसले पुरुषको कामलाई इंगित गरेको हुन सक्छ । यस पछिको ‘मै त खेति गर्छु दिउसो, आज ध्यान गर्छु राती’ ले अगिल्लो लाइनलाई समर्थन गरेको देखिन्छ । खेति गरेर नै जिवकोपार्जन गर्ने स्थिति नेपालमा बन्न सकेको छैन । त्यसैको विकल्प खोज्दै छन्, पुरुष पात्र ।

ब्याग्राउन्डमा दन्किएको आगोले उनीहरुको यौनको प्यासलाई देखाउदै गर्दा, महिलाको अग्रसरता पुरुषको भन्दा बढी नै देखाईएको छ । अन्धकार राम्रो, एकलास ठाउ भन्दै गर्दा पुरुषयौनकर्मी भएकै कारण समाजले हेर्ने नजरिया परिवर्तन नहोस्, भन्नका लागि उनी यो ‘काम’ गोप्य राख्न चाहन्छन् । अन्तिम सम्म पनि उनी आज आफु ब्यस्त भएको, भोली समय मिलाउने भन्दै उनकी महिला ग्राहकलाई फकाउदै छन् । उनले आज भ्यौदिन भन्दै गर्दा महिलामा देखिएको मुखाकृति परिवर्तनले उनको असन्तुस्टी झल्काउछ, भने भोलि भेटौ भन्दै गर्दा अतृप्त यौन चाहना पुरा हुन लाग्दाको हर्सोल्लास ।

यसरी गीत र भिडियो गहिरिएर हेर्दा, सुन्दा कथा ‘यौनकर्मी पुरुषकै देखिन्छ । पुरुषको भूमिकामा विकाश लामिछाने छन् भने महिला सम्पदा बानिया । प्रामोद खरेलको आवाजमा रहेको गीतमा अनिल घिमिरेको संगीत तथा विपिन आचार्यको संगीत संयोजन रहेको छ  । भिडियो छायंकन उत्सव दाहालले गरेका हुन् । भिडियोमा प्रसान्त तामांगको कोरियोग्राफी, विकास दाहालको सम्पादन तथा कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।