निर्देशक गिरी सम्मानित

फिल्म निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्ममानबाट सम्मानित भएका छन् । नागरिक समाजले  काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् ।

बिगत दुई दशक देखि फिल्म क्षेत्रको प्रबर्धन लागिपरेका निर्देशक गिरि ट्वाक्क टुक्क हास्य टेलिफिल्मबाट अभिनय सुरु गर्दै  आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात फिल्म “चन्द्रवती” मार्फत उनले निर्देशन यात्रा तय गरे । उक्त फिल्ममा राजेश हमाल, मुना उप्रेती, आयुष रिजाल लगायतले अभिनय गरेका थिए । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली,  टाइगर, जिस्म जिम्म –२, द रियल हिरो, राजा  निर्देशन गरेका छन् ।