सिड्नीमा एलिशा र सुशान्तको प्रस्तुति

बिगत ३ बर्ष देखि लगातार हुदै आएको रगडेल होली मेला यस पटक समेत आयोजना हुने भएको छ ।  नेपाली कलासंगै संस्कृतिलाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गर्न लागिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएका छन् ।  बिगतका बर्षहरुमा २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने  बिस्वास लिएको छ  आयोजक टिमले ।  रगडेल ब्वायज  र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने बताए सो कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले ।

गुरुङका अनुशार यो पटक एलिसा र सुशान्त संगै  गायक बिक्की  गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै  अन्य चर्चित  कलाकारहरुको पनि उपस्थिति रहने छ।  ” हामीले  मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ  इतिहास रच्नेछौ ” उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिए।