‘आशिकी २’ बाट फिल्म चोरिएको भन्नेलाई निर्देशक थापाको जवाफ

केहि दिन अघि सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गित गाउछु २’ को ट्रेलर सार्बजनिक गरिएको थियो । लगत्तै युट्ब कमेन्ट लगायत अन्य ठाउँहरुमा दर्शकहरुले फिल्मको ट्रेलर हेर्दा हिन्दि फिल्म ‘आशिकी २’ जस्तो लागेको र फिल्म त्यहिबाट चोरिएको हो कि भन्ने आशंकाहरु ब्यक्त गरेका थिए । इकान्तिपुर.कम  ले त्यहि बिषय लाई लिएर ‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?’ शिर्षकमा समाचार बनाएको थियो । निर्देशक थापाले भने आफ्नो फेसबुकमा उक्त समाचारको लिंक लाई शेयर गर्दै त्यसको जवाफ लेखेका छन् । उनले एउटै समाचारलाई बारम्बार शेयर गरेको आरोप लगाउदै फिल्म हेरिसकेपछि सबै कुरा छर्लंग हुने र यस्तो समाचार पोष्ट गर्ने नियतलाइ दर्शकहरुले मुल्यांकन गर्ने बताएका छन् । त्यस्तै उनले घुमाउरो तरिकाले एउटा समूहनै फिल्मको बिरुद्ध लागिरहेको बताएका छन् ।

उनले लेखेका छन् – ‘यो न्युज हिजोपनि पोस्ट गर्नु भो आजपनि पोस्ट गर्नुभो अब यसरीनै फागुन २९ सम्मपनि दिन दिनै पोस्ट गर्नुस फागुन ३० मा हलमा गएर चलचित्र दर्शकहरुले हेरीसकेपछी तपाईंले लगाउनुभाको यो चोरीको आरोप प्रति र यो दिन दिनै न्युज पोस्ट गर्ने नियतलाई दर्शकलेनै मुल्यांकन गर्नेछन र भन्नेछन् साच्चैनै “म यस्तो गित गाउछु २” माथी समुहनै लागेको रहेछ।। त्यतिबेला तपॉईलाई ठुलो आत्मग्लानि हुनेछ ।’

इकान्तिपुर.कम  को उक्त समाचारमा सुदर्शन थापाको फिल्महरु ‘मेरो एउटा साथी छ’ र ‘रामकहानी’ विदेशी फिल्मबाट कपि गरिएको कुरा पनि उल्लेख गरिएको छ ।

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘म यस्तो गीत गाउछु २’ फागुन २३ गते रिलिज हुनेछ ।