सेन्टी भाइरसको प्रमोसनल गीत सार्वजनिक

फिल्म ‘सेन्टि भाइरस’ को प्रमोसनल गीत ‘आफ्नो पाटी जिताइदे’ सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेल र बिद्या मन्जु मैनालीको स्वर, सुसान्त गौतमको संगीत, हर्क साउदको शब्द तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । विल्सन विक्रम राइ, कुन्जना घिमिरे, सन्दीप छेत्री, पुष्पा आचार्य, मधुसुधन पाठक, सिताराम कट्टेल, संजु शाह, अलिश राइ लगायत फिचर्ड भिडियोमा अलिशको कोरियोग्राफी, गनेन्द्र शर्माको क्यामेरा, चन्दन दत्तको सम्पादन, सपना लम्सालको शृंगार तथा दिपक आचार्यको निर्देशन रहेको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।