रिक्सा चालकको मालिक बन्ने सपना ‘धुलो’ ट्रेलर

फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । तल्लो बर्गीय रिक्सा चालकको कथामा बनेको फिल्ममा रिक्सा मालिक बन्ने सपना, सन्तानको उज्वल भविष्यको लागि गरेको संघर्ष र पाएको ठक्करलाई पर्दामा उतारिएको छ ।
प्रधुम्न मिश्र निर्देशित फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, शृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदिप कार्की मुख्य भूमिकामा रहेका छन् । त्यस्तै फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् । फिल्ममा सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्म फागुन १६ गतेबाट प्रदर्शनमा आउने छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया