‘सेन्टी भाइरस’ को लिरिकल भिडियो ‘ए नि लै’ सार्बजनिक

‘सेन्टी भाइरस’ को लिरिकल भिडियो ‘ए नि लै’ सार्बजनिक गरिएको छ । शुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा हर्क साउदले मन छुने शब्द रचना गरेका छन् । गीतमा रिकेश गुरुङको संयोजन र मिश्रण रहेको छ भने हेमन्त कान्छा रसाईलीले सारङ्गी बजाएका छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली), दयाहाङ राई, सन्दिप क्षेत्री, विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसार व्यापक बनाइएको छ ।