बिहे गर्दै गायक राजेश पायल राई

राई इज किंग अर्थात गायक राजेश पायल राईले अन्तत विवाह गर्ने भएका छन्। युरोपको कार्यक्रम छोट्याएर युके गएका उनी विवाह कै लागी त्यहाँ पुगेको श्रोतको दावी छ ।

उनी नेपाल आउने योजना भए पनि परिवारहरुसंग भेटेर केटी हेर्न युके पुगेका हुन् । एक अन्तर्वार्तामा उनले ‘सबैले मङ्सिर भन्नु भयो, म चैतमा विवाह गरेर जुम्ल्याहा बच्चा पाएर देखाउछु’ भनेका छन् । उनको परिवारका धेरै सदस्य तथा आफन्तहरु युके मै बस्दै आएकै छन् । यस अघि उनको नाम केहि नायिकाहरुसंग जोडिने गरेको थियो । तर आधिकारिक रुपमा उनले आफ्नो प्रेमको बारेमा खुलाएका छैनन् ।