फिल्म धुलोको ‘चारसय चालिसको’ आइटम गीत

- मेराेफिल्म

फिल्म धुलोको आइटम गीत ‘चारसय चालिसको’ सार्वजनिक भएको छ । दुर्गा खरेलको स्वर, केशव मिश्रको शब्द तथा जुगले डंगोलको संगीत गीतमा रहेको छ । दिपाषा जल परि फिचर्ड भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रधुम्न मिश्र निर्देशित फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, शृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदिप कार्की मुख्य भूमिकामा रहेका छन् । त्यस्तै फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको छ । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् । फिल्ममा सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्म फागुन १६ गतेबाट प्रदर्शनमा आउने छ ।

२०७६ फागुन ९ गते १०:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *