‘तक्दिर’ फष्टलुक

सामाजिक विषय बस्तुमा निमार्ण हुन लागेको नेपाली फिल्म ‘तक्दिर’ को फष्ट लुक सार्वजनिक भएको छ  । फिल्मका निर्देशक तथा लेखक शंकर अधिकारी घायल हुन् ।

कला राईको प्रस्तुतीमा निमार्ण हुने फिल्मको एक कार्यक्रम आयोजना गरि घोषणा गरिएको हो  । फिल्ममा राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपानेको संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्रको आवाज रहने भएको छ  । देव महर्जनको द्वन्द ,राजन महर्जनको नृत्य र छायांकनमा यसै फिल्मबाट कृष्ण पाण्डेले प्रवेश गर्ने भएका छन् । फिल्ममा राजु पौड्याल, रोशन बिसि, गङ्गा कुवर,  हेमलता घिमिरे,  विशाल सुनुवार, लक्ष्मण भण्डारी, दिप कुलुङ, राजन महर्जन, देव महर्जन, राज कुमार कुँवर, गायिका नित्याशिवा, पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगाईंको उपस्थिति कार्यक्रममा रहेको थियो ।