भारतीय संस्कार अनुसार ‘आयंक’ जोडीको विवाह !

हिजो कानुनी रुपमा विवाह गरेका नेपाली फिल्म क्षेत्रका चर्चित जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले सामाजिक रुपमा समेत विवाह गरेका छन् । सामाजिक संजालमा प्राप्त तस्विरमा यी दुइ बिवाहको पहिरनमा सजिएका छन् ।भने छेउमा आयुषका भाइ आशिर्मान मुसुक्क हासीरहेका छन् । विवाह समारोह भैरहेको स्थल भब्य रुपमा सजाइएको छ । सेरवानीमा सजिएका आयुष र प्रियंकाको पहिरन हेर्दा उनीहरुको विवाह भारतीय संस्कार अनुसार भै रहेको अनुमान गर्न सकिन्छ ।
हिजो कानुनी विवाह गरेका यी दुइले करिव डेढ बर्ष पहिले इन्गेजमेन्ट गरेका थिए । त्यस्तै उनीहरुले भब्य रुपमा मेहेन्दी र संगीत समारोह समेत गरेका थिए । आयंक जोडीलाई आगामी जीवनको शुभकामना।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया