अस्पताल बनाउदै श्वेता

कलाकार तथा ब्यवासायी श्वेता खड्काले गोदावरीमा क्यान्सर हस्पिटल बनाउने बहेकी छन् । श्रीमान् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको साथै उनका भिनाजुको ज्यान समेत क्यान्सरले नै लिएको थियो । यहि बीच उनलाई समेत हर्निया भएको थियो ।

आफूलाई जस्तो पिडा अरूलाई पनि नपरोस् र कसैले उपचार नपाएर संसार छोड्नु नपरोस् भन्ने सोच बनाएर श्वेता क्यान्सर हस्पिटल निर्माणमा लागेको बताएकी छन् । उनले क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर काम सुरु गरेकी छन् । सोमबार हस्पिटलको भवन निर्माणको शिलान्यास गरिएको छ । गोदावरीको छम्पीमा हस्पिटल निर्माण गरिने छ ।