रेखा थापाको ‘हिरो रिटर्न्स’ ट्रेलर

रेखा थापा, सबिन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रेखा र सविनको एक्सन देख्न सकिन्छ । धुर्व तारा फिल्म्स र सोम ओम फिल्म्सको प्रस्तुति रहेको फिल्म बैशाख २६बाट प्रदर्शनमा आउने छ।

आशिष भेटवालको निर्देशन रहेको फिल्ममा भिम न्यौपाने तथा धुर्व न्यौपानेको लगानी रहेको छ । शिवम अधिकारीको कथा रहेको फिल्ममा दिपक शर्मा र टंक बुढाथोकीको संगीत निर्देशन छ । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने मदन कस्यप घिमिरेको छायांकन रहेको छ । द्वन्द निर्देशन चन्द्र पन्त तथा सम्पादन मित्र डी गुरुङको फिल्ममा रहेको छ।