पूर्व मिस नेपाल उषा खड्‌गीको सम्बन्ध विच्छेद, सन्तान र सम्‍पत्तिको लागि लड्ने

पूर्वमिस नेपाल उषा खड्गीले सञ्चारकर्मी जीपी तिमिल्सिनासँग सम्बन्ध विच्छेद भएको भिडियोमार्फत बताएकी छन्।उनले १९ वर्षअघि चिनाजान भएको र १७ वर्षदेखि जीवन बिताउँदा पनि सुधार नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा जीपीसँग सम्बन्ध विच्छेद भएको बताएकी हुन्।
उषाले आफ्नो फेसबुकमा लेखेकी छिन, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन।अब म भन्छु ‘नो’।’ शनिबार राति लेखिएको स्टाटसमा उषाले अगाडि थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ।
यसका साथै उनले अब आफ्नो र सन्तानको अधिकारका लागि लड्ने बताएकी छिन्।शनिबार राति उषाले लेखेको स्टाटससहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन्। जसमा एउटा क्लिपमा उनी बोल्दाबोल्दै रोएको देख्न सकिन्छ।
यसअघि पति जीपी तिमिल्सिनासँग उषाको विवाद दिनानुदिन बढ्दै गएको आशंका गरिएको थियो। उनीहरुबीच सम्बन्ध विच्छेद भए पनि सम्पत्तिबारे भने टुंगो लाग्न बाँकी छ।निक्कै चर्चित जोडी उषा र जीपीले रोलमोडेलका लागि निक्कै चर्चित भएर अन्तरजातीय विवाह गरेका थिए। विवाहका लागि दुवैले ठूलो संघर्ष गरेका थिए ।
यो समेत हेर्नुहोस्:

पूर्व मिस नेपाल उषा खड्की र जिपी तिमल्सिनाको सम्बन्ध संकटमा