के होलान्, बैशाख १८सम्मका फिल्म ?

नेपाल सरकारले बैशाख १८सम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको निर्णय संगै फिल्म प्रदर्शनको दशैंतिहार पछिको महत्वपुर्ण समय मानिने यस समयमा आएको संकटको कारण फिल्म निर्माता तथा हलवालालाई प्रत्यक्ष असर परेको छ ।  भने अप्रत्यक्ष प्रभावको त कुरा गरि साध्य छैन ।  कोरोना प्रभाव भन्दै यस अघि नै फिल्म म यस्तो गीत गाउछु २ अनिश्चित कालको लागि रोकिएको छ ।  त्यस्तै निरफूल र बद्रीबहादुरले समेत संकटको घडीमा फिल्म चलाउने हिम्मत गरेनन् ।

बैशाख १४बाट फिल्म सुस्केरा प्रदर्शनमा आउने चाजो पाजो मिलाएको थियो ।  त्यसको एक हप्ता पछी चैत्र २१मा हास्यकलाकारको समूह नै रहेको लक्क जवान प्रदर्शनको तयारीमा थिए निर्देशक शिवहरी पौडेल । प्रतिक्षित फिल्म प्रेम गीत ३, चपली हाइट ३ लाई समेत सरकारको यस निर्णयले प्रभाव पारेको छ । सोही दिन अर्थात चैत्र २८बाट आउने भनिएको माइकल अधिकारी समेत रोकिने पक्का पक्कि भएको छ । भूकम्प आएको दिनलाई उल्लासमय बनाउने हिजो आजका कुराको योजना समेत चौपट भएको छ ।
यस भन्दा पछि आउनलागेका फिल्मको प्रदर्शन समेत अहिले सम्म अन्योल मै रहेको छ । कोरोना संक्रमण नेपाल नभित्रिदै भएको यो निर्णय, यदि भाइरस नेपाल भित्रियो भने के होला ? फिल्म प्रदर्शनको तालिका मिलाउन यतिका झमेला हुने हाम्रो सानो फिल्म उद्योगमा अब प्रतीक्षा गरिएका भनिएका धेरै फिल्म कसरी मिलेर आउने छन् ? समयले बताउला ।