बालबालिकासंग आंचलको जन्मदिन

नायिका आँचल शर्माको हिजो जन्मदिन । उनले गोकर्णमा रहेको ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ बाल गृहमा पुगेर जन्मदिन मनाएकी छन् । गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् । यस्तै, आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् । अन्य, समाजसेवाका कामहरु विस्तारै अगाडि बढाउने योजना उनको छ ।