सर्‍यो मिस नेपाल २०२०, फाइनल अन्‍योलमा

सरकारले कोरोना भाइरसका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’को अडिसन स्थगन भएको छ ।

नेपालका मुख्य शहरहरुमा अडिशन सकिए पनि काठमाडौं अडिशन बाँकी छँदै मिस नेपालको मिति सरेको आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राज कर्णिकारले  मेरोफिल्मलाई बताए ।

उनले भने, ‘मिस नेपाल २०२०को अडिशन पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी भइसकेको छ । काठमाडौंको अडिशन बाँकी छ । अब त्यो बैशाख १८पछि फाइनलको छनोटको मिति तोक्छौ ।’

मिस नेपाल सुन्दरी प्रतियोगितामा १८ देखि २६ वर्ष,  कम्तिमा ५.४ इन्च उचाइभएका युवतीहरु ले नेपाली नागरिकता र पासपोर्टसहित नि:शुल्क भाग लिन पाउनेछन् ।

यिनै युवतीहरूबाट मिस नेपाल-२०१८ मा अन्तिम प्रतिस्पर्धाका लागि २५ जना युवती छानि नेछन्। यस वर्ष पनि बन्द क्याम्पमा कोरियोग्राफर रचना गुरुङले सहभागीलाई प्रशिक्षण  दिनेछिन ।

निर्देशक का अनुसार एक सय ५० जनाले मिस नेपाल २०१८ को अडिसनका लागि फाराम भरिसकेका छन् ।

यसअघि सरकारले २५ जनाभन्दा बढी भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि मनोरञ्जन लगायत महत्वपूर्ण कर्यक्रमहरु धमाधम स्थनगन हुँदै आएका छन् ।