घरबाट निस्कनु भएन भने ‘कोरोना’ आउँदैन-दीपकराज गिरी

विश्वभर कोरोना भाइरसको संत्रास फैलिइरहेको बेला कलाकार दीपक राज गिरीले आम जनसमुदायलाई घरभित्रै रहेर काम गर्न सुझाव दिएका छन् ।

उनी आफू पनि तीन महिनादेखि घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताउँदै मेरोफिल्मसँग कुरा गर्दै भन्छन् – ‘म तीन महिनादेखि सेल्फ क्वारेन्टाइनमा बसेको छु । कोरोनाले घर परिवाको महत्व बुझाइदिएको छ । तपाई घरबाट निस्किनु भएन भने कोरोना घरमा आउँदैन ।’ उनले कोरोना भाइरसको त्रासले परिवारमा सुखी साट्ने वातावरण बनाइदिएको बताएका छन् ।

सरकारले कोरोना भाइरसबाट बच्न सबै जनतालाई कम्तिमा घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि उनले सो कुरा बताएका हुन ।

उनले यतिबेला साथीभाइसँग बस्नुभन्दा घर परिवारसँग बसेर पौष्टिक आहार खानु पर्नेमा जोड दिन्छन् । उनी भन्छन् – ‘वर्षौसम्म घर परिवारमा टाइम दिन पाइरह्नु भएको थिएन होला । यतिबेला परिवारसम्म समय बिताउनुस्,पौष्टिक आहार खानस्, नियमित सफा सुघर गरिरहनुस्’ । यसका साथै उनले सामाजिक सञ्जालहरुमा आएका भ्रामक समाचारहरुमा ध्यान नदिन, साथीहरुसँग भेटघाट गर्दा अर्काको बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गरेका छन् । उनी यसबारेमा भनेका छन्, ‘आफूसँग खुसी खोजौ, परिवारमा खुखी साटौं । साथी भाइसँग अर्काको कुरा नकाटौ ।’

उनले कोरोना भाइरसले भूकम्पले धनीलाई साइजमा ल्याइ दिएजस्तै कोरोनाले घरपरिवार आफन्तको महत्व बुझाइ दिएको बताएका छन्। उनी भन्छन्, ‘पहिला मानिसहरु तडकभडक देखाउथे। गहना, बंगला, गाडि देखाउँथे। साथीभाइले २५ प्रतिशत खुसी अनि ७५ प्रतिशत पीडा दिन्थे।अहिले घरमै बस्छु। हिजोआज साथीभाइले डिस्टर्ब गर्दैनन्।’

तीन महिनादेखि लेखनमा व्यस्त रहेको बताउँदै उनी भन्छन्, ‘म एउटा फिल्ममा कम्तिमा पाँच देखि ६ महिना लगाउँछु स्क्रिप्ट लेख्न। त्यसकारण म पहिला देखि नै सेल्फ क्वारेन्टाइनमा बसेको छु।’

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार कोरोना भाइरसबाट मर्नेको संख्या ९ हजारभन्दा बढी पुगेको छ भने २ लाख ३४ हजार बढी मानिस संक्रमित छन्। साथै यो भाइरस विश्वका १७७ देशमा तीव्र गतिमा फैलिइरहेको छ।  कोभिड १९ विश्भर तीव्र गतिमा दिनप्रतिदिन फैलिइरहँदा मर्नेको संख्या दिनानुदिन बढ्दो छ।