बिनाकाम घरबाट बाहिर ननिस्किन सेलेब्रेटीहरुको सुझाब

अहिले जताततै कोरोनाको त्रास छ । मानिसहरु मा कोरोनालाई लिएर डर तथा त्रासको वातावरण छ । मानिसहरुलाई यो विषम समयमा संयम रहन र सुरक्षाका बिबिध उपायहरु अपनाउन विभिन्न सेलेब्रेटीहरुले सामाजिक संजालबाट संदेशहरु दिएका छन् ।

वर्षा सिवाकोटीले नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिए पनि हामीहरुले सामान्य संयमता अपनाउन अति आवश्यक रहेको बताईन् । उनले साबुन पानिले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने, हाइजेनिक खानेकुराहरु खाने, लामो दुरीको यात्रा नगर्ने, स्वच्छतामा ध्यान दिने र भ्रमित र त्रसित पार्ने हल्लाहरुको पछि नलाग्ने सल्लाह दिएकी छिन् ।

आज बाट म पनि Self Quarantine मा #coronathreat #staysafe #viruseffect

Gepostet von Barsha Siwakoti am Samstag, 21. März 2020

त्यस्तै अभिनेता नजिर हुसेनले अभिनेत्री नम्रता श्रेष्ठ संग फेसबुकमा मास्क र पन्जा लगाएको फोटोहरु पोष्ट गर्दै ‘सबैजनाले आफ्नो सँगै अरुको पनि ख्याल राखौँ ! जथाभाबि समाचारको पछि लागेर आफ्नो मानसिक स्वास्थ्य खराब नगरौँ WHO, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य आधिकारिक श्रोतका समाचारलाई मात्र फलो गरौँ’ लेखेका छन् ।

ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले भिडियो मार्फत धर्मशास्त्रहरुमा पनि भाइरसबाट बच्ने उपायहरु भएको बताए । उनले पन्चामृत, शंख, घन्टीको प्रयोग तथा सुर्यलाई जल चढाउने गर्नाले पनि भाइरसबाट बच्न सकिने बताए । उनले  हात धुने, स्यानीटाइजर प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, भिड भाडमा नजाने कुरालाई पनि जोडेका छन् ।

Astrological and religious measures to make ourself safe from COVID-19.

Gepostet von Adhikari Harihar am Samstag, 21. März 2020

कलाकार दीपकराज गिरीले कोरोनाको त्रासलाई अवसरको रुपमा लिएर पारिवारिक वातावरणमा बस्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर उनले सकभर घर बाहिर ननिस्किन आग्रह गर्दै सरकारको नियम पालना गर्न आग्रह गरे । उनले भने, ‘कोरोनाको बारेमा बुझौ र पारिवारसँग घरमै समय बिताउन प्रकृति अवसर दिए जस्तो लाग्छ । सरकारले पनि यति बेला संवेदनशील भएर सचेत रहन आग्रह गरेको छ । हामी यसलाई सकारात्मक लिऔं ।’ उनले कलाकारहरुलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्दै घरपरिवारसँग बस्न समेत आग्रह गरेका छन् । यसका साथै उनले समाचार दिने सञ्चार माध्यमहरुलाई पनि छानेर मात्रै अध्ययन गर्न सुझाव दिए । उनले भने, ‘समाचार आजभोलि गतल दिनेहरु, भ्रम फैलाउनेहरु धेरै छन् । त्यसमा पनि आधिकारिता हेरेर मात्रै पढ्नुस् । सामाजिक सञ्जालको भ्रममा नफस्नुस्‘ । मानिसको लागि सबैभन्दा ठूलो स्वास्थ्य भएको बताउँदै पहिला प्रतिरक्षा प्रणाली बलियो बनाउनु पर्ने बताए । उनि भन्छन् – ‘आफ्नो स्वास्थ्यको आफै ख्याल राखौ । भिटामिन सी लगायतका पौष्टिक पदार्थहरु खाऔं’ ।

Gepostet von Deepak Raj Giree am Samstag, 21. März 2020

अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले कोरोना भाइरसको बारेमा अझै पनि सहि सूचना र जानकारी नभएकाले सचेतना फैलाउनु पर्नेमा जोड दिएकी छिन् । उनले भनेकी छिन्, ‘मानिसहरु अझै पनि लापरबाही पूर्वक बालबालिकाहरुसँग बाहिर निस्किरहेका छन् । यसले अझै पनि मानिसहरुसँग सहि सूचना र जानकारीहरु पुगेको छैन जसतो लाग्यो । बालबालिकालाई सकेसम्म बाहिर जान नदिऔ र नलैजाऔ हामी सबै नेपालीहरुले ।’ उनले पटक पटक हात धुनु पर्ने र ह्यान्ड स्यानीटाइजर प्रयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।

Celebrity Message – Samragyee RL Shah | Coronavirus

Celebrity Message – Samragyee RL Shah | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

संगीतकार तथा गायक अर्जुन पोखरेलले भिडियो मार्फत कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सकेसम्म घरमै बसौं भन्ने सुझाब दिएका छन् । उनले आफुले पनि घरमै काम गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिदै अहिलेको अवस्थामा जीबन बचाउनु नै सबै भन्दा महत्वपूर्ण कुरा भएको बताए । उनले यो १५ -२० दिन परिवारलाइ दिनु उपुउक्त हुने बताए ।

Celebrity Message – Arjun Pokharel | Coronavirus

Celebrity Message – Arjun Pokharel | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

अभिनेत्री अनु शाहले कोरोना भाइरस अहिले एकदमै सक्रिय भएको भन्दै महत्वपूर्ण काम परे मात्र घर बाहिर निस्किन, घर बाहिर निस्किदा मास्कको प्रयोग गर्न, स्यानीटाइजरको प्रयोग गरिरहन, हात धुन, स्वास्थ्यवर्धक खानेकुराहरु खान, नआत्तिन र भिडभाडमा नजान आग्रह गरेकी छिन् ।

Celebrity Message – Anu Shah | Coronavirus

Celebrity Message – Anu Shah | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाले पनि कोरोनाबाट सुरक्षित रहनको लागि आफ्ना दर्शकहरुलाई भिडियो मार्फत संदेश दिएकी छिन् । उनले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धोऔँ, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाईजरको प्रयोग गरौँ, मास्क लगाऔँ, भरसक भिडभाडमा नजाऔँ भन्ने संदेश दिएकि छिन् । साथै उनले दर्शकहरुको खुशीनै आफुहरुको खुशी हो भन्दै सबै जना आफु जोगिएर अरुलाई पनि जोगाउनको लागि प्रयत्न गरौँ भन्ने अनुरोध पनि गरेकी छिन् । उनले ‘नमस्कार’ को संस्कारलाई पनि जोड दिएकी छिन् ।

Gepostet von Merofilm am Samstag, 21. März 2020

अभिनेत्री स्वस्तिमा खड्काले भिडियो मार्फत संदेश दिदै सम्भब भएसम्म घरबाट बाहिर ननिस्कन र निस्किनुनै पर्ने भए पनि मास्क लगाएर निस्किन आग्रह गरेकी छिन् । उनले नियमित हात धुन र स्यानीटाइजर प्रयोग गर्न जोड दिदै यस्तो समयमा सामाजिक संजालहरुमा गलत समाचारहरु शेयर हुन सक्ने सम्भावनाहरु हुने हुनाले सकेसम्म त्यस्तो समाचारहरुलाई बेवास्ता गरौ भनेकी छिन् । उनले भिडभाडमा नजान र एक अर्काको साथ दिन पनि आग्रह गरेकी छिन् ।

Celebrity Message – Swastima Khadka | Coronavirus

Celebrity Message – Swastima Khadka | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

अभिनेत्री रेखा थापाले कोरोना सम्बन्धि संदेश दिदै आतंकित नबन्न र अरुलाई पनि आतंकित नबनाउन आग्रह गरेकी छिन् । उनले भाइरसबाट बाँच्ने सबैभन्दा उत्तम उपायनै साबधानी हो भन्दै साबुन पानिले हात मिचीमिचि धुने, स्यानीटाइजरको प्रयोग गर्ने, स्यानीटाइजर नभएको खण्डमा साबुन पानी प्रयोग गर्ने, खोक्दा हछिउँ गर्दा कुहिनोले मुख छोप्ने लगायतका सन्देशहरु दिएकी छिन् ।
उनले बिनाकाम हातले नाक, मुख, आँखा नाछोऔं भन्दै आवश्यक परे मात्र घरबाट बाहिर निस्किऔ भनेकी छिन् । उनि थप्छिन -‘अहिले सम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको कारणले धेरै आत्तिनु पर्ने छैन तर साबधानी चाँही सबैभन्दा ठुलो कुरा हुन्छ’ ।

Celebrity Message – Rekha Thapa | Coronavirus

Celebrity Message – Rekha Thapa | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

निर्देशक दिपेन्द्र लामाले फेसबुक मार्फत ‘अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो हुने भएकाले ‘२ नम्बरी’ फिल्मको छायांकन हाललाई रोकेका छौं । स्थिति सामान्य हुने बित्तिकै छायांकन यथावत गर्नेछौं’ भनेका छन् । उनि पोखरामा ‘२ नम्बरी’ को छायांकन गरिरहेका थिए ।

महानायक राजेश हमालले विश्व इतिहासमै मानब समाजले पहिलो चोटी यस्तो परिस्थितिको सामना गरिरहेको छ भनेका छन् । उनले यो चुनौतीको सामना गर्नको लागि आफुमा सतर्कता अपनाउने र जिम्मेवारी बोध गर्ने बाहेक अन्य अरु कुनै उपाय छैन भने । उनले अत्यवश्यक काम बाहेक घर बाहिर ननिस्कन, सरसफाईमा बिशेष ध्यान दिन, भिडभाडमा नजना, अन्य व्यक्तिहरुलाई छुने तथा अंकमाल गर्ने नगर्न, साबुन पानिले समय समयमा हात धॊइराख्न सुझाब दिए । उनले ‘नमस्कार’ गर्ने हाम्रो प्रचलन लाई अपनाउदा हाम्रो संस्कार पनि बच्ने र हामि रोग बाट पनि बच्न सकिने बताए ।

मेरो अनुरोध र धारणा।

Gepostet von Rajesh Hamal am Samstag, 21. März 2020

अभिनेत्री ऋचा शर्माले हामी जति सचेत रहन्छौ उतिनै सुरक्षित रहन्छौ भन्दै अत्याबश्यक काम नपरे सम्म बाहिर नानिस्कौं भनेकी छिन् । कोभिड १९ को बारे केहि पनि जान्न परे १११५ डायल गरौ, हात पटक पटक मिची मिची धोऔँ र क्वारेंनटाइन टाइमलाई क्वालिटी टाइम बनाउँ भनेकी छिन् ।