संक्रमण सम्भाव्य यात्री खोज्न कलाकारको आग्रह

नेपालमा समेत कोरोनाको पुस्टी भएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै एक नेपाली महिलामा कोरोना भेटिएको जानकारी दिएको हो । फ्रान्सबाट कतार हुदै यहि चैत ५गते नेपाल आएकी उक्त १९बर्षीय महिलाले आफुसंगै आएका एक भियतनामी व्यक्तिलाई कोरोना लागेको पुस्टी भएसंगै टेकु गएर जाच गराइएकी थिइन् । त्यसको केही दिनपश्चात उनमा समेत कोरोना लागेको पक्का भएको हो ।

नेपालमा कोरोना संक्रमण भएको पक्का भएसंगै उनी संगै प्लेनमा आएका तथा उनको सम्पर्कमा रहेका सम्पूर्णको खोजी गर्दै जाच गर्न सामाजिक संजाल मार्फत नेपाली सेलिब्रेटीले माग गरेका छन् । त्यसको साथै जो जति संक्रमित व्यक्ति र उनी आएको प्लेनमा सवार थिए, उनीहरुलाई आफैँ सम्पर्कमा आइ जांच गर्न आग्रह गरेका छन् ।

नायिका तथा निर्मात्री केकी अधिकारीले एक पोष्ट सेयर गर्दै क्यु आर्र ६५० नम्बर फ्लाइटमा कतार एयरवेजबाट आएका सम्पूर्णलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन् । यस्तै संगीतकर्मी काली प्रसाद बास्कोटाले समेत उक्त आग्रह सेयर गरेका छन् ।

साथै समाजसेवी तथा कलाकार सिताराम कट्टेलले अहिले सम्म केहि नबिग्रिएको भन्दै पुरै देश लकडाउन गर्न सरकारलाई आग्रह गरेका छन् ।

कलाकार सुरक्षा पन्तले समेत उक्त सुचना सेयर गरेर आफ्ना फ्यानलाई बुझ्न र आफै सम्पर्कमा आउन आग्रह गरेकी छन् ।